कफीः पुरुषका लागि प्राकृतिक भियग्रा

कफी पिउँदा जिउ नै फ्रेस हुन्छ र फुर्ति बढ्दछ । कफीमा जिउलाई फ्रेस बनाउने मात्र होइन यसले मानिसको यौनक्षमता पनि बढाउने देखिएको छ ।
शोधकर्ताहरुका अनुसार दिनमा दुइकप सम्म कफी पिउने पुरुषहरु उत्तेजना सम्बन्धि समस्या कम हुने देखिएको छ ।
अमेरिकाको युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताहरुका अनुसार कफीमा हुने क्याफाइन तत्वले पुरुष यौनांगका रक्तधमनीहरुलाई खुल्ला बनाउन सहयोग गर्छ जसका कारण लिंगमा बढि रक्तप्रवाह हुन्छ ।
तथ्यांक अनुसार एक ठूलो कप कफीमा १ सय मिलिग्राम देखि डेढ सय मिलिग्राम सम्म क्याफाइन तत्व हुन्छ । जबकी एक कप चियामा ७५ मिलीग्राम क्याफाइन हुन्छ ।
शोधकर्ताहरुका अनुसार दिनमा ८५ देखि १७० मिलिग्राम सम्म क्याफाइन सेवन गर्ने मानिसमा यौनचाहना नहुने र उत्तेजनामा नहुने समस्या जसलाई इरेक्टाइल डिस्फंसन भनिन्छ, त्यस्तो जोखिम कफी नपिउने मानिसमा भन्दा ४२ प्रतिशतले कम हुन्छ । एक दिनमा १७१ देखि ३०३ मिलिग्रामसम्म कफी पिउने पुरुषमा यस्तो समस्या ३० प्रतिशतले घटेको पाइयो ।
बढि वजन भएका, मोटोपनाबाट ग्रसित तथा उच्च रक्तचापको समस्याका कारण उत्तेजना नहुने वा कम हुने समस्याबाट ग्रसित भएका पुरुषहरुमा समेत कफीले यौन उत्तेजना र चाहनामा वृद्धि गर्दछ । मधुमेह भएका मानिसहरुमा भने कफीले यौन क्षमता बढाउन सहयोग नगर्ने अध्ययनले देखाएको छ ।
४ हजार जना पुरुषमा गरिएको अध्ययनका क्रममा शोधकर्ताहरुले २४ घण्टामा पिउने कफी, चिया, चिसो पेय पदार्थका साथै स्पोर्ट ड्रिंक्सको प्रभावका विषयमा विश्लेषण गरिएको थियो ।
शोधकर्ताहरुका अनुसार कफीले मानिसमा हृदयाघातको जोखिम पनि कम गर्छ र टाइप टू मधुमेहका साथै छालाका क्यान्सरबाट बचावटका लागि समेत सहयोग गर्दछ ।

श्रोत - अनलाईन खबर

Comments