रेखाको अंगालोमा ‘छवि ड्याडी’, छविको अंगालोमा ‘रेखा बाबु’

‘के छ ड्याडी’ भन्दै अभिनेत्री रेखा थापा निर्माता छविराज ओझाको अंगालोमा पुगिन् । छवि पनि ‘ठिक छ बाबु’ भन्दै रेखालाई आफ्नो अंगालोमा कस्न आतुर देखिए।


काठमाण्डौको जय नेपाल हलमा वुधबार बेलुकी देखिएको यो दृश्यले धेरैको ध्यान तानेको हो । फिल्म को आफ्नो हेर्न आ आफ्नै तरिकाले जय नेपाल पुगेका रेखा र छवि र्फकने बेलामा भने नाटकिय शैलीमा देखिए ।
रेखाले छविलाई गाडीमा लगिदिन्छु भन्दा छविले हिडेरै जान्छु भनेका थिए । रेखा र छविको मिलनले यी दुई अझै पनि एक अर्कालाई सम्मान र माया गर्छन् भन्ने देखिन्छ ।
रेखा र छविको यो अंकमालसँगै यी दुइको फिल्म एकसाथ नजुध्ने संभावना पनि बढेको छ । संभवत छविले रेखाका लागि चैत्र २६ को मिति छाडेर आफू नयाँ बर्षको साउन महिनातिर जाने तयारी गरेका छन्।
यसैले पनि अलग हुने समयमा रेखालाई कारसम्म आएर बिदाई गरेका छवि खुशी देखिए । यता रेखा पनि छविसागको अंकमाल पछि खुशी देखिएकी थिइन् ।
फोटो – उत्सव रसाईली
श्रोत - मज्जाको अनलाईन

Comments