बैदेशिक रोजगारीमा जानेलाई स्मार्ट कार्ड दिने तयारी

जेष्ठ ३, २०७३- श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारका लागि स्मार्ट कार्ड लागु गर्ने तयारी थालेको छ । स्मार्ट कार्ड लागू भएपछि बैदेशिक रोजगारीमा जाने कामदारको पासपोर्टमा श्रम विभागले स्टिकर टास्ने परम्पराको अन्त्य हुनेछ ।
यसअघिका श्रम मन्त्री टेकबहादुर गुरुङले स्मार्ट कार्डको प्रयोग गर्नेबारे नीतिगत काम थालेको थिए । त्यसैलाई निरन्तरता दिदै मन्त्रालयले स्मार्ट कार्ड प्रयोग गर्ने तयारी थालेको हो ।
मन्त्रालयका सह प्रवक्ता शिवराम सेढाईंका अनुसार स्मार्ट कार्डको अवधारणालाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको छ । उनका अनुसार श्रम मन्त्री दीपक बोहोराले यसलाई मन्त्रालयको सय दिने कार्यसूचीमै राखेका थिए ।
मन्त्रालयका सह–सचिव गोविन्द भुर्तेलको संयोजकत्वमा बनेको समितिले कार्ड कस्तो बनाउने ? कसरी लागु गर्ने र त्यसका विधीहरु के के हुनसक्छन भन्नेबारे विस्तृत प्रतिवेदन तयार पारेर बुझाइसकेको छ ।
सहप्रवक्ता सेढाईं भन्छन, ‘कार्ड प्रयोग भएपछि वैदेशिक रोजगारीका वेथितिरुमात्रै हटदैनन् । वैदेशिक रोजगारीमा जाने कामदारबारे सरकारसँग आधिकारिक तथ्यांक पनि रहन्छ ।’
श्रोत - कान्तिपुर समाचार

Comments